Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गैरकानूनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्न खोज्ने ७ आप्रवासीको दुर्घटनामा मृत्यु, २ नेपालीसहित ८ घाइते

    गैरकानूनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्न खोज्ने ७ आप्रवासीको दुर्घटनामा मृत्यु, २ नेपालीसहित ८ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा सातजना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु भएको छ। साथै उक्त घटनामा २ नेपालीसहित आठ जना घाइते भएका छन् ।

    डेलीमेलको रिपोर्ट अनुसार उत्तरी ग्रीसको मोटरवे टोल स्टेशन नजिकै उनीहरुले यात्रा गरिरहेको गाडीको चालकले नियन्त्रण गुमाएपछि सात आप्रवासीको मृत्यु भएको हो भने अन्य आठ जना घाइते भएका हुन्।



    १५ जना बोकेको गाडी ग्रीसको टर्कीसँगको उत्तर-पूर्वी सीमा क्षेत्रबाट उत्तरको मुख्य सहर थेसालोनिकीतर्फ जाँदै गरेको मोटरवेमा मध्यरातमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    ‘गाडी तीव्र गतिमा गुडिरहेको थियो र मोटरवेबाट बाहिर निस्कन खोज्दा चालकले नियन्त्रण गुमायो, टोल बुथमा ठोक्कियो र नजिकैको भण्डारण कन्टेनरमा ठोक्कियो’, प्रहरीले भने।

    घाइते हुनेमा पाकिस्तानका चार, अफगानिस्तानका एक र दुई जना नेपालका साथै ३५ वर्षीय मोल्डोभान चालक रहेका छन्, जसलाई प्रहरीले तस्करको रूपमा काम गरेको आशंका गरेको छ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको र मृतकहरुको सनाखत भइरहेको डेलीमेलले उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार