Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ऋषि धमलाकी पत्नी एलिजाको अहिलेसम्मकै हट म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एवं नायिका एलिजा गौतम र प्रहिल कार्की अभिनित 'तिम्रो हाँसो' गीत रिलिज भएको छ।

गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ गत शनिबार रिलिज भएको हो ।

भिडियोमा नायिका गौतम र कार्कीले स्क्रीन सेयर गरेको देख्न सकिन्छ । भिडियोमा अत्याधिक बोल्ड बनेकी नायिका गौतम पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेकी छिन्।

सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतमा दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको छ।

रानी शाक्यको युटुबमार्फत बजारमा आएको उक्त गीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।

हेर्नुहोस् गीतको भिडियो:

https://www.youtube.com/watch?v=cRIM1DDyZr4&t=105s

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077