Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।

सोमबार दिउँसो सम्पन्न खेलमा नेपालले दिएको १०५ रनको सामान्य लक्ष्य हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिए ।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै मात्र १०४ रन बनाएको थियो ।

नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पारेका थिए ।

नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।

त्यसैगरी तेस्रो खेल बिहिबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ ।
छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077