Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भाइरल हुने सौख : रेल्वे ट्र्याकमा उभिएर भिडियो खिचाउँदा गयो ज्यान

एजेन्सी । पछिल्लो समय युवापुस्तामा भाइरल हुने प्रतिस्पर्धा नै चलेको छ। सामाजिक सञ्जालमा छाउनका लागि उनीहरु हदैसम्म जोखिम मोल्न तयार हुन्छन्।

यस्तो क्रममा दुर्घटना भई कतिपयको ज्यान पनि गएको छ। भारतको मध्यप्रदेशमा एउटा यस्तै घटना घटेको छ। समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रेलवे ट्र्याकमा भिडियो बनाउने क्रममा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले तीव्र गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बाइरहेका थिए। सोही क्रममा ती युवकको टाउकोलाई ट्रेन छोएको बताइएको छ। गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077