Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जलसेनाले फिलिपिन्समाथि आक्रमण गरिरहेका बेला चिनियाँ राष्ट्रपतिले भने, ‘साना देशलाई कहिल्यै धम्की दिँदैनौं’

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देशले कहिल्यै पनि साना देशहरुलाई धम्की नदिने बताएका छन्। सीले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) को सम्मेलनलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्।

सम्बोधनका क्रममा उनले भने, ‘चीनले साना देशहरुलाई कहिल्यै धम्की दिन्न । हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं।’

दक्षिण चीन सागरमा चीनका जल सेनाले फिलिपिन्सको डुंगामा गोली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको भनाई आएको हो। चीनका जलसेनाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले निन्दा गरेका छन्।

चिनियाँ राष्ट्रपति सीले साना देशसँग चीनको दुरी बढिरहेका बेला यस्तो प्रष्ट्याएका हुन्। दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच तनाब बढेको छ। सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077