Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुडिरहेको बसको ढोकामा बसेर चुरोट सेवन गर्दै गरेका यात्रुको खसेर मृत्यु

    गुडिरहेको बसको ढोकामा बसेर चुरोट सेवन गर्दै गरेका यात्रुको खसेर मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    उदयपुर । गुडिरहेकाे बसकाे ढाेकाबाट खसेर एक जना यात्रुको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार बिहान गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसको ढोकाबाट खसेर एक युवकको मृत्यु भएको हो।



    मृत्यु हुनेमा विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्मा रहेका छन्।



    त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेका उनी बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढाेकाबाट खसेको बसका कर्मचारीको भनाइ रहेको छ ।

    प्रहरीका अनुसार उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।

    घटनापछि बस चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार