Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेमा ११ सदस्यीय अध्यक्ष मण्डल (नामावली)

काठमाडौं । नेकपा (एमाले)ले यही मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

मंगलबार तुलसीलाल भवन ललितपुरमा बसेको पार्टी स्थायी समितिको बैठकले महाधिवेशनबाट नेतृत्व चयन गर्नुअघि हुने बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरेको हो।

अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन।

यस्तै, अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077