Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रियंका र निकको डिभोर्सको चर्चा

एजेन्सी । नायिका प्रियंका चोपडा र उनका पति निक जोनसले् डिभोर्स गर्न लागेको समाचारहरु बाहिर आएका छन्। प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि यस्तो चर्चा शुरु भएको हो।

पछिल्लो समय निकले आफ्नो एउटा भिडियो सार्वजनिक गरेका छन्। उनले फिटनेस भिडियोमा डबल्स उठाइरहेका छन्। उनले सेयर गरेको भिडियोमा प्रियंकाले प्रतिक्रिया जनाएकी छन्।

‘म तिम्रो अंगालोमा मरिसकेँ,’ निकको प्रियंकाले लेखेकी छिन्। उनले दिएको यस्तो प्रतिक्रियापछि उनीहरुको सम्बन्धमा कुनै पनि प्रकारको मनमुटाव नआएको अनुमान गरिएको हो।

यसै प्रसंगलाई जोडेर प्रियंकाकी आमा मधु चोपडाले पनि यो समाचार अफवाह भएको बताएकी छन्। उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत गरिन्। प्रियंकाले नामको पछाडिको थर किन हटाइन् भन्नेबारे कुनै प्रतिक्रिया दिएकी छैनन्।

यसअघि साउथ अभिनेत्री समान्था अक्कीनेनी र नागा चैतन्यले पनि डिभोर्स गरेका थिए। समान्थाले नामको पछाडिबाट थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको चर्चा शुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077