Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप छनोट : भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आइसिसि महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। भुटानलाई हराउँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले प्रतियोगितामा पहिलो जित निकालेको हो।

मंगलबार दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको हो। ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो। नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन्।

त्यस्तै सीता राना मगरले १७ रन बनाइन्। सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077