Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा खड्का निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार खड्का १५० मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले १४० मत प्राप्त गरे । यस्तै, सचिवमा रजनी थापा (१६७), पञ्चकुमारी श्रेष्ठ (१७७), सहसचिवमा राजु भण्डारी (१६८) र अञ्जना केसी महर्जनले (१२५) मत प्राप्त गरी विजयी भएको कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का निर्वाचन अधिकृत प्रदीपकुमार पोखरेलले जानकाकरी दिए ।

काठमाडौँ क्षेत्र नं ५ मा ३२८ मतदाता रहेकोमा ३२१ मत खसेको थियो । क्षेत्रीय कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पोखरेलले बताए । यस्तै, मतदान प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077