Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • धनुषामा गुडिरहेको विंगरको ढोकाबाट लडेर विद्यार्थीको मृत्यु

    धनुषामा गुडिरहेको विंगरको ढोकाबाट लडेर विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो
    रामनारायण यादव/ जनकपुरधाम   । धनुषामा गुडिरहेको विंगरबाट लडेर एक विद्यार्थीको मृत्यु गएको छ ।
    धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त धनुषाधाम नगरपालिका वडा नम्वर ७ भगवानपुरीका १८ वर्षीया पूजाकुमारी महतोको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
    बुधबार बिहान ७ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए ।
    गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा बेस्सरी चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी कलेजबाट कुनैकामको लागि ढल्केबर तर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
    पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटनाकाे विषयमा थप अनुन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार