Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले महाधिवेशन उद्घाटन समारोह अवधिभर पूर्व-पश्चिम राजमार्ग बन्द

चितवन । जिल्ला प्रशासन कार्यलय चितवनले नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोहका दिन (मङ्सिर १० गते) सार्वजनिक तथा निजी गाडीहरूलाई पुर्वपश्चिम राजमार्गमा अन्तर्गत नारायणगढ बजार क्षेत्रभित्र संचालन नगर्न आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

महाधिवेशनको उदघाट समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदैछ । उक्त दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सन्चालनमै रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) आस्मान तामाङले जानकारी दिए ।

सीडीओ तामाङका अनुसार कार्यक्रम स्थल हुने क्षेत्र नजिकका सडकमा पहिलेपनि सडक जाम हुने गरेको र मंसिर १० गते बिहान १० बजेदेखि करिब ५ बजेसम्म यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई रोक्ने निर्णय गरिएको हो।

जसअनुसार पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा, पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा, काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र होल्ड हुने भएका छन।

नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077