Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अन्तर्राष्ट्रिय नियमअनुसार नै रुकुम उडेको प्लेनलाई नेपालगञ्ज अवतरण गराइएको हो: वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ ।

बुधबार निमगले एक विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।

'आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५.१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–स्कुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो, विज्ञप्तिमा भनिएको छ, 'मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो ।'

'तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो । काठमाडौ–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।'

विज्ञप्तिमा भनिएको छ,'हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन-नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो ।  विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौ।'

यस्तो छ विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077