Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायलको हवाई आक्रमणबाट दुई सर्वसाधारणसहित चार सिरियाली सैनिकको मृत्यु

एजेन्सी । मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।

सानाका अनुसार इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण र दुई सैनिकको मृत्यु भएको छ । साथै, छ सैनिक र एक नागरिक घाइते भएका छन्।

समाचारका अनुसार आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गर्र गरिएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन ।

सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको सानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077