Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सप्तरीमा ८० वर्षीय बृद्धको घाँटी रेटेको अवस्थामा शव फेला

    सप्तरीमा ८० वर्षीय बृद्धको घाँटी रेटेको अवस्थामा शव फेला

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 2.5K
    SHARES

    रामनारायण यादव/ सप्तरी । सप्तरीमा एक वृद्धको घाँटी रेटेको अवस्थामा फेला परेको छ ।

    जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी टोलमा अन्दाजी ८० वर्षीय मिश्रिलाल मण्डललाई घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।



    झौखराही नामक फुलबारीमा बृद्ध मण्डलको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।



    मण्डल बुधबार बिहान घरमा खाना खाएर करिब १० बजे काम विशेषले सखडा तिर निस्केको स्थानीयबासिन्दाले बताएका छन् । सोही क्रममा मण्डलको कसैले ब्यक्तिगत रिसिभिका कारण हत्या गरेको हुन सकिने परिवारजनको आरोप रहेको छ ।

    यता सो घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    मृतक बृद्धको शव पोष्टमाटमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार