Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपामा राजेन्द्र लिङ्देनलाई रेखाको साथ, भनिन्- युवालाई साथ दिनुपर्छ

काठमाडाैं । वि.सं २०७३ मा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको बिचार मन पर्यो भन्दै माओवादी केन्द्र छाडेर राप्रपा रोजेकी गरेकी नायिका रेखा थापा यतिबेला अध्यक्ष राजेन्द्र लिङ्देनलाई साथ दिन पुगेकी छिन्।

अघिल्लो महाधिवेशनमा अत्याधिक मतका साथ केन्द्रीय सदस्य जितेकी नायिका थापाले पार्टीमाको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य नायिका रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।

मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा नायिका थापा सहभागी भएकी थिइन् ।

तपाई पनि यता भन्ने पत्रकारहरुको प्रश्नमा लिङदेनलाई साथ दिनुको कारण खुलाउँदै थापाले भनिन्-‘ सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको छ, त्यसैले मैले राजेन्द्रजीलाई साथ दिएकी हुँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077