Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले महाधिवेशन: चितवन आइपुगे ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार दिउँसो चितवन आइपुगेका छन् ।

अध्यक्ष ओली बिहीबार विहान ११ बजे भरतपुर विमानस्थल आउने कार्यक्रम रहेपनि साढे १ बजे मात्रै आइपुगेका हुन् ।

अध्यक्ष ओली आज सौराहमा एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।


महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भइसकेको छ। आजै अध्यक्ष ओल बेर अगाडि नेताहरु सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल पनि भरतपुर आइपुगेका थिए।

महाधिबेशन भोली मङ्सिर १० देखि मङ्सिर १२सम्म नारायणी नदीको किनारमा हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077