Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय सेनाले नेपाली सेनालाई दियो टाटा एलपिटिएका १६२८ वर्कशप ट्रकहरु

काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ।

बिहीबार टुडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका छन्।

कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने भारतीय सेनाले जनाएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किएपश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो ।

रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गरेको नेपाली सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077