Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले महाधिवेशनमा माल वाहकसहितका हेभी सवारी साधनहरु गुड्न नपाउने

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले नेकपा एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ।

चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन नवलपरासीले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।

'निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो, प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदैछ ।

यस्तो छ जिल्ला प्रशासनको सूचना:

चितवन जिल्लाको नारायणगढमा हुन लागेको नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरी राष्ट्रिय लोकमार्गमा ट्राफिक जाम हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिमको मिति २०७८÷०८÷०८ गतेको बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरुलाई मिति २०७८÷०८÷०९ गते साँझ ६ः०० बजेदेखि मिति २०७८।०८।१० गते राती १२ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077