Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इन्जिनियरको घरमा एन्टी करप्सन ब्यूरोको छापा, पानीको पाइपबाट पैसा र गहना निस्कियो (भिडियो)

एजेन्सी । छिमेकी मुलक भारतको कर्नाटक राज्यको एन्टी करप्सन ब्यूरोले जारी गरेको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उक्त भाइरल भिडियोमा एक घरमा पानीको पाइपबाट पैसा झरिरहेको देख्न सकिन्छ । भारतीय संचार माध्यमहरुका अनुसार उक्त घर भारतीय इन्जिनियर जेइ शान्तागौडा बिरादरको घर हो । घरमामा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियोमा देखाइएको छ। जाँच एजेन्सीका अधिकारीहरुले शान्तागौडामाथि आफ्नो कार्यकालमा आयभन्दा धेरै सम्पत्ति जम्मा गरेको आरोपमा उनको घरमा छापा मारेको थियो। रिपोर्टका अनुसार एसीबीले बिहान ९ बजे घरको ढोका ढकढक्याएको थियो । तर, बिरादरले ढोका खोल्न १० मिनेट लगाए । यसबाट एसीबीलाई उनले कतै पैसा लुकाएको शंका भयो। छापा मार्ने क्रममा एसीबीले प्लम्बर बोलाएर पिभिसी पाइप् काट्न लगायो। प्लम्बरले पाइप काटेपछि त्यहाँबाट १३ लाख पैसा र गहना भेटिएको जनाइएको छ । हेर्नुहोस् भिडियो: 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077