Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् एमाले महाधिवेशनका लागि नेपाल आएका १५ जना विदेशी पाहुना (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेशी अतिथिहरूको विवरण सार्वजनिक गरेको छ ।

बिहिबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले राजधानीमै एक पत्रकार सम्मेलन गर्दै ४ देशका १५ जना अतिथिहरु महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् ।काठमाडौं आइपुगेका केही अतिथिलाई सोल्टी होटलमा रात्रीभोजको आयोजना गरिएको छ।

सहभागी अतिथिहरुले उद्घाटन सत्रका दिन शुभकामना दिने कार्यक्रम रहेको र मंसिर १२ गते अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त रुपमा मिटिङ गर्ने कार्यक्रम रहेको भट्टराईले बताए ।

हेर्नुहोस् महाधिवेशनमा सहभागी हुने विदेशी पाहुनाहरुको नामावली:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077