Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमालेमय बन्यो चितवन, आगामी नेतृत्व उड्नेको कि गुड्नेको ?

    एमालेमय बन्यो चितवन, आगामी नेतृत्व उड्नेको कि गुड्नेको ?

    निर्मल लामिछाने
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.5K
    SHARES

    निर्मल लामिछाने / चितवन । यतिबेला चितवन नेकपा एमालेमय बनेको छ ।

    भोलि मङ्सिर १० गतेदेखि सुरु हुन लागेको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेका प्रतिनिधि तथा नेता/कार्यकर्ताहरु चितवन आएसँगै चितवन एमालेमाया बनेको हो।



    महाधिवेशनका लागि भरतपुर वरपरका सडक किनारदेखि फुटपाथका पसलहरुमा पार्टीको झण्डाले झकिझकाउ गरिएको छ । उता नारायणी किनारमा बनिरहेको मन्च पनि तयारी भइसकेको छ।



    जिल्लामा बुधबारदेखि नेताहरु आउने क्रम बढेको थियो भने बिहीबार पनि सोही क्रमले निरन्तरता पाइरहेको छ । विभिन्न जिल्लादेखि केन्द्रसम्म रहेका नेताहरु कोही हवाई मार्ग त कोही सडक मार्गमार्फत चितवन भित्रिरहेका छन् ।

    महाधिवेशनसँगै पार्टीले नयाँ नेतृत्व पाउने छ। यसपटक अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पार्टीका उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। महाधिवेशन नजिकिदै गएसँगै पार्टी कार्यकर्तादेखि लिएर आमसर्वसाधारणहरुमा पनि अबको एमाले नेतृत्वमा को आउला भन्ने कौतुहलता बढेको देखिन्छ ।

    त्यसो त पार्टीका अधिकांश नेताहरुले अध्यक्षमा ओलीलाई नै सर्वसम्मत चयन गर्ने तयारी गरिरहेका बेला उपाध्यक्ष रावलले अध्यक्षमा घोषणा गरेका हुन्। यद्यपि रावलले पछिल्ला आफ्ना अन्तर्वार्ताहरुमा पनि आफूले जित्नकै लागि उम्मेदवारी दिएको बताउदै आएका छन् ।

    यतिबेला ओली र र्वल दुवै चितवनस्थित सौराहामा रहेका छन्। बिहीबार दिउँसो अध्यक्ष ओली श्रीमती राधिका शाक्यसँगै बुद्ध एयरको जहाजबाट भरतपुर विमानस्थल आइपुगेका थिए भने उपाध्यक्ष रावल साँझ सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ स्थलमार्ग हुँदै सौराहा आइपुगेका थिए ।

    रावललाई एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका थिए।

    यस्तै, महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने भएका छन्। बिहीबार महाधिवेशनको तयारीबारे सचिव भट्टराईले उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गर्दै सहभागी नेताहरुको बारे जानकारी दिएका छन्।

    भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । कार्यक्रमामा नेता भट्टराईले चिनियाँ कम्युनिष्ट पार्टी भने अनुपस्थित हुने भन्दै महाधिवेशनका लागि भिडियो सन्देश पठाएको जानकारी दिए ।

    महाधिवेशनको बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टारको आडैमा प्रतिनिधि र स्वयंसेवक अट्ने हल लगभग निर्माण भइसकेको उनको भनाइ छ। बन्द सत्रमा भूगोल, जसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय तीन जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट दुई सय नाै जना प्रतिनिधि आउने छन् ।

    महाधिवेशनको उद्घाट सत्रमा व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक खटाइने उनले बताए । प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई खानपान र बन्दोबस्तको व्यवस्था गरिएको छ ।

    भोलि महाधिवेशन उद्घाटन सत्रको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् । यस्तै, उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने छन् ।

    उद्घाटनपछि सबै प्रतिनिधिहरू सौराहा जाने भट्टराईले जानकारी दिए । । भोलि बेलुका प्रतिनिधिहरूको परिचय पत्र वितरण हुने छ । ११ मंसिर बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

    १२ मंसिर बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार