Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्तिदेखि पाँचतारेको स्वाद लिएका नेताहरुले कार्यकर्तालाई भने सडकमै खाना खुवाए

चितवन । आजदेखि चितवनको नारायणी नदी तटमा शुक्रबारबाट सुरू हुन गइरहेको नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन मुलुकका विभिन्न स्थानबाट हजारौं हजार कार्यकर्ताहरु आउंदै छन्।

शुक्रबार बिहान १२ बजे महाधिवेशन उद्घाटनका लागि भनेर बिहीबार साँझदेखि घर छाडेका नेता कार्यकर्ताहरूले सडकमै खाना बनाएर खाएको तस्बिरहरु सार्वजनिक गरेका छन्।

पचास लाखमा महाधिवेशन उद्घाटन स्टेज तयार पारेको एमालेले चितवनका होटेल भरिभराउ भएकाे भन्दै बिभिन्न जिल्लाहरुबाट आएका कर्याकर्ताहरूलाई भने सडकमा खाना खुवाएको छ।

उनीहरूले खाना पकाउनका लागि घरबाटै ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको जानकारी दिएका छन् ।

यता केही कार्यक्रताहरुले भने होटेलमा बसेर र्खर्च गर्नुभन्दा आफै ल्याएर पकाएर खानु राम्रो भएको प्रतिक्रिया समेत दिएका छन्। उनीहरु खानापछि महाधिवेशनस्थल नारायणी नदी किनारमा जाने तयारीमा छन् ।

यता, महाधिवेशनकै लागि भनेर पार्टीका प्राय सबै नेताहरु अस्तिदेखि हिजो बेलुकासम्म चितवनस्थित सौराहा पुगेका थिए। त्यहाँ उनीहरु पांचेतारे होटलदेखि लिएर चारतारे, तीनतारेलगायत राम्रा राम्रा होटलमा बस्दै आएका छन्।

सौराहामा रहेका नेताहरुले भने उतै होटल र रेस्टुरेन्टहरुमा खान खाएर जाने बुझिएको छ। यसरी एउटै पार्टीको एकै कार्यक्रममा आएका कार्यकर्ता र नेताहरुबीचको दूरीमा अहिले सामाजिक संजालहरुमा आलोचना भइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077