Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सचिवमा उम्मेदवारी दिने भानुभक्त ढकालको घोषणा

चितवन। नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टीको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा नेता ढकालले पत्रकारहरुसँग कुरा गर्दै आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

सकेसम्म आफू पनि सहमतिमै नेतृत्व चयनको पक्षमा रहेका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताए ।

कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ, उनले भने, 'म सचिवका लागि योग्य पनि छु ।

महाधिवेशन आजदेखि पर्सि १२ गतेसम्म नारायणी नदी किनारमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077