Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन: अस्तव्यस्त राजमार्गमा फस्यो एम्बुलेन्स, बिरामीलाई सास्ती

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवशेनका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

चितवनका विभिन्न ठाउँबाट महाधिवेशनका लागि र्‍याली निस्किएका कारण राजमार्गको यातायात अस्तव्यस्त भएको हो ।

र्‍यालीका कारण उक्त क्षेत्रबात पास हुने एम्बुलेन्सहरु करिब एक घण्टादेखि जाममा फसेका छन् । जसले गर्दा एम्बुलेन्सभित्र रहेका बिरामीहरुलाई सास्ती भोग्नु परेको छ।

नारायणगढस्थित पुल्चोकमा अहिले पनि ७ वटा एम्बुलेन्स जाममा फसिरहेको देख्न सकिन्छ ।

यसअघि स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधनलाई व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए पनि संचालन हुन सकिरहेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077