Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गैंडाले कम्युनिष्ट पार्टीको झण्डा समातेको लोगोबारे एमालेले भन्यो- पर्यटन प्रवर्द्धनका लागि हो

काठमाडौँ । नेकपा (एमाले)को दशौं महाधिवेशन चितवनको नारायणी किनारमा सुरु भएको छ ।

महाधिवशेनका लागि एमालेले कम्युनिस्ट पार्टीको हँसिया हथौडा अंकित झन्डा एकसिंगे गैँडाको हातमा थमाएको कुराले चर्चा पाएसंगै यसबारे एमाले सचिव प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् ।

ज्ञवालीले किन गैंडाको हातमा पार्टीको झन्डा राखिएको हो भन्ने प्रष्टीकरण दिएका छन् । महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गरिरहेका ज्ञवालीले लोगोमा गैंडाको हातमा झन्डाले पर्यटन प्रबर्धन गर्न सहयोग पुर्याउने बताए ।

'महाधिवेशनको लोगोको रूपमा एकसिंगे गैँडालाई अगाडि सारेका छौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैं केहीले केहीले अब नेकपा (एमाले) अब लोप हुने भयो, गैँडाजस्तै भन्ने टिप्पणी गर्न पनि भ्याउनुभयो, ज्ञवालीले भने।

यस्तै, ज्ञवालीले केपी ओली १४ वर्ष जेल बसेको बारे भने, 'ओली उहाँ हाम्रै स्वतन्त्राका लागि १४ बर्ष जेलबस्नु भो. हाम्रो पुस्ता लड्यो,' यति भनिसकेपछि गैंडालाई झन्डा थमाउनुको कारणबारे उनले ब थपे, 'एक सिंगे गैंडा दुर्लभ प्राणी हो । यो नेपालमा पाइन्छ, चिवतनमा पाइन्छ । हामीले नेपालको पर्यटन ब्रान्डिङ गर्न खोझेका हौं । पर्यटनका लागि नेपाल सुरक्षित छ भन्न खोजेका हौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077