Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओली र म जेलका साथी हौं: देउवा

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र आफू जेलभित्र रहँदादेखिको साथी भएको बताएका छन्।

शुक्रबार नारायणी नदी किनारमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेसका सभापति देउवाले यस्तो बताएका हुन्।

तत्कालिन आन्दोलनका बेला आफूहरु संगै जेल बसेको देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवासहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिने कार्यक्रम चलिरहेको छ।

महाधिबेशन आगामी मङ्सिर १२ गतेसम चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077