Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपचारमा लागेको १९ हजार तिर्न नसक्दा बिरामीले गरे अस्पतालमै आत्महत्या

मोरङ । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत रहेका एक बिरामीले आत्महत्या गरेका छन् ।

गत मङ्सिर ४ गते उपचारका लागि भर्ना भएका जिल्लाको धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले शुक्रबार बिहान ६ बजे आत्महत्या गरेका हुन्।

मण्डलका आफन्तहरुका अनुसार उनलाई अस्पतालले मंसिर ७ गते नै डिस्चार्ज गरेको थियो। उनी उपचार गर्दा लागेको १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाइ बसेका थिए।

उनले अस्पतालबाट हामफालेर आत्महत्या गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार छारे रोगको उपचारका लागि अस्पताल भर्ना भएका मण्डलको उपचार खर्च ३६ हजार लागेकामा मण्डल परिवारले १९ हजार तिर्न बाँकी रहेको थियो।

मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077