Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल र इटाली एकै समूहमा, कहिले हुँदैछ विश्वकपको प्ले अफ खेलहरु ?

एजेन्सी । फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेका छन् ।

शुक्रबार भएको समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा रहेका हुन् । अब दुवै टोलीले आफ्नो प्लेअफको पहिलो खेल जितेमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटालीले पहिलो खेलमा उत्तर म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ ।

समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच हसने खेल जित्ने टोलफ कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।

प्लेअफको ड्रमा टोलीहरुलाई दुई पटमा विभाजन गरिएको थियो । शीर्ष ६ टोलीले पहिलो चरणमा दोस्रो पटको टोलीसँग खेल्दैछन् । यसपटक प्लेअफमा दुई लेगको खेल नभएर दुई चरणमा १–१ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077