Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फोटो खिच्न लाग्दा कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु

राजविराज । कोशी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोशी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए ।

लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नंं १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरेपनि उनलाई बचाउन भने सकेन । नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077