Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

नुवाकोट । नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।

सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् ।

शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।

सभापतिमा विजयी महत डा. रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा. केसी अर्जुननरसिंह केसीका भाइ हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077