Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेमा पदाधिकारी संख्या बढाउन प्रस्ताव

चितवन । नेकपा एमालेमा पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव गरिएको छ । दशौँ महाधिवेशनमा पदाधिकारीका आकांक्षीहरु धेरै भएपछि पदाधिकारी संख्या १५ बाट बढाएर १९ पु¥याउन प्रस्ताव गरिएको हो।

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पु¥याउने भनिएको छ। यसमा उपाध्यक्ष र उपमहासचिवमा २–२ जना थप्ने भनिएको छ।

नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ पुग्नेछ। नयाँ विधानअनुसार एमालेमा ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था थियो।

त्यस्तै स्थायी कमिटीको संख्या थप्नुका साथै पोलिटब्युरो पनि ब्युँताउने विषयमा पनि छलफल भएको छ। बैठकमा अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन्।

विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो। त्यस्तै स्थायी कमिटीको संख्या पनि ४५ पु¥याउने ओलीले प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077