Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस दाङ सभापतिमा ४ जनाको उम्मेदवारी

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।

संस्थापन पक्षधरबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनैजना संस्थापन पक्षका हुन् ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराएको छ । उनी हालका जिल्ला सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077