Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले महाधिवेशन: अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने योगेश भट्टराईको दाबी

चितवन । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।

शनिबार महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए।

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । रावलले आफू एक भोट आए पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077