Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेस कास्की सभापतिमा बराल विजयी

कास्की । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन्।

दोश्रो चरणमा भएको मतदानमा उनले प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन्।

शनिबार सम्पन्न मतदानमा कूल १ हजार ९ सय २६ मत खसेकोमा बरालले ९ सय ९५ पाएका थिए भने भट्टराईले ९ सय १५ मत प्राप्त गरे। शुक्रबार सम्पन्न मतदानमा सभापतिका पाँच जना प्रत्यासीमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसके पछि शनिबार दोश्रो चरणको मतदान भएको थियो।

बराल शिक्षक संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका थिए। बरालले पोखराको भद्रकाली बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख भएर लामो समय काम गरेका थिए। उनले नेपाल शिक्षक संघ संघीय समितिको उपाध्यक्ष पनि भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077