Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई रडले हान्न खोज्ने तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

शनिबार दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीमाथि चिनियाँ नागरिकहरुले हातपात गर्दै रड प्रहार गर्न खोजेको प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ड्युटीमा खटिएका प्रहरीमाथि नै रडसहित आक्रमणको प्रयास गरेपछि ३ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रड समेत बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077