Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

उपसभापति निधी पत्नी अनामिका निधी, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधी सर्वसम्मत निर्वाचित भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली कांग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077