Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कुरा मिल्यो होला भन्ने विश्वास छ : ज्ञवाली

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमतिमा केन्द्रीय नेतृत्व चयनका लागि प्रयास जारी छ। यसैबीच नेता प्रदीप ज्ञवालीले कुरा मिल्यो होला भन्ने विश्वास व्यक्त गरेका छन्।

उनले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने जानकारी दिँदै सहमति भयो होला भन्ने विश्वास व्यक्त गरेका हुन।

‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ उनले भने। नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसकेका छन् भने १९ सदस्यीय पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन।

सर्वसम्म नेतृत्वका लागि आइतबार दिनभर प्रयास गरिएको छ। विहान १० बजे बोलाइएको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग परामर्श गरेका थिए।

ओली बसेको होटल पार्क सफारीमा दिनभर नेताहरुको आउजाउ भएको छ। आइतबार साँझसम्म अध्यक्ष ओलीलाई भेट्न जाने र भेटेर फर्किने क्रम चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077