Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वास्थ्यमन्त्रीको मनोमानी : टेकु अस्पतालको निर्देशकबाट डा. बास्तोलालाई हटाइयो, मनिषा रावललाई जिम्मेवारी

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलालाई सरुवा गरेको छ।

बास्तोलालाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ भने टेकु अस्पतालको निर्देशकमा डा. मनिषा रावललाई ल्याइएको छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रालाई स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइन लागिएको छ। प्रसूतिगृहबाट संगीता मन्त्रालयमा आउने भएपछि अस्पतालका डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। नीति, योजना तथा अनुगमन महाशाखामा डा तारा पोखरेललाई लागिएको छ। पोखरेल अहिले सार्क क्षयरोग केन्द्रमा छन्।

कोरोना नियन्त्रणमा भूमिका खेलेका टेकु अस्पतालका डाक्टर बाँस्तोलालाई हटाउने निर्णयको कारण मन्त्री विरोध खतिवडाको विरोध भइरहेको छ। डा. बाँस्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन्। साथै उनी टेकु अस्पतालकै सुधारमा लागेका छन्।

बाँस्तोलाले जिम्मेवारी समालेपछि ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्याँस, स्टोर, आइसियु वेड, क्वाटर, ३०० शय्याको सरुवारोग अस्पताल निमार्ण लगायतका क्षेत्रमा काम गरेका छन्। उनको सरुवाप्रति अस्पतालका कर्मचारीहरुले असन्तुष्टि व्यक्ति गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077