Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दक्षिण अफ्रिकाका राष्ट्रपतिले भने, ‘हामीमाथि विभेद भयो’

एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आफ्नो देशमाथि विदेभ भएको बताएका छन्। कोरोनाको नयाँ भेरियन्टको कारण देखाउँदै उनले आफ्नो देशमाथि लागेको प्रतिबन्धको विरोध गरेका छन्।

राष्ट्रपति रामापोसाले यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई आग्रह गरेका छन्। ‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भने। दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि तत्कालका लागि दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाइ काम नगर्ने विज्ञहरुले बताउँदै आएका छन् यसबारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरुमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन्। ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत विश्वका विभिन्न देशमा भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077