Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

म्याग्दी जीप दुर्घटनामा ३ जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटना भएको हो।

दुर्घटनामा काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक श्याम राईका अनुसार घटनामा गाडीधनी समेत रहेका चालक दूतबहादुर पुन, मनोज पुन, भीम फगामी, बलबहादुर विक र नाम नखुलेका एक यात्रु घाइते छन्।

घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ। बेनी अस्पतालका अनुसार घाइतेहरुलाई थप उपचारका लागि पोखरा रिफर गर्न लागिएको छ।
उकालो टर्निङ लिन नसक्दा जीप सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077