Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सिमाना खुला नगर्ने, टिकट काटेर बसेका सयौं नेपाली विद्यार्थी प्रभावित

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्टको त्रासका कारण अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।

भाइरसको जोखिमबारे थप अनुसन्धान जारी रहेको भन्दै अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री स्कट मरिसनले केहीदिनअघि यही बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्रिन दिने निर्णय गरेका थिए । सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भेरियन्टका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ ।

अस्ट्रेलियाको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी अन्यौलमा परेका छन्। उनीहरु तत्काल अस्ट्रेलिया जान नपाउने भएका हुन्।

डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।

सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका विदेशी नागरिकलाई लागू हुनेछ । तर अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदारका लागि भने यो निर्णय लागू नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077