Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अस्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सिमाना खुला नगर्ने, टिकट काटेर बसेका सयौं नेपाली विद्यार्थी प्रभावित

    अस्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सिमाना खुला नगर्ने, टिकट काटेर बसेका सयौं नेपाली विद्यार्थी प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्टको त्रासका कारण अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।

    भाइरसको जोखिमबारे थप अनुसन्धान जारी रहेको भन्दै अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।



    प्रधानमन्त्री स्कट मरिसनले केहीदिनअघि यही बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्रिन दिने निर्णय गरेका थिए । सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भेरियन्टका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ ।



    अस्ट्रेलियाको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी अन्यौलमा परेका छन्। उनीहरु तत्काल अस्ट्रेलिया जान नपाउने भएका हुन्।

    डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।

    सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका विदेशी नागरिकलाई लागू हुनेछ । तर अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदारका लागि भने यो निर्णय लागू नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार