Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

    न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । अस्ट्रेलियाले विश्वकप २०२३ मा शनिबार न्युजिल्यान्डमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

    ‘हाई स्कोरिङ’ खेलमा जितका लागि ३ सय ८९ रन पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रनमात्र बनाउन सक्यो । रचिन रवीन्द्र एक्लैले ११६ रन बनाएका थिए ।



    पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका ओपनयरद्वय डेभोन कोनवे २८ र विल योङ ३२ रनमा आउट भएका थिए । रवीन्द्रले तेस्रो विकेटका लागि डेरिल मिसेलसँग ७८ रनको साझेदारी गरे ।



    मिसेल ५४ रन बनाएर आउट भए । त्यसपछि रवीन्द्रले टोम लाथमसँग ५४ र ग्लेन फिलिप्ससँग ४३ रनको साझेदारी गरे । रवीन्द्र ११६ रनमा आउट हुँदा न्यूजिल्याण्डको स्कोर २९३/६ थियो ।

    जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो र निसम ५१ रन बनाएर खेलिरहेका थिए ।

    अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्गुसनले रन नै जोड्न सकेनन् ।अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा जोस ह्याजलउड र पेट कुमिन्सले २–२ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।उसको सुरुवात निकै राम्रो रह्यो । डेभिड वार्नर र हेडले पहिलो विकटका लागि १७५ रनको साझेदारी गरे । वार्नर ८१ रनमा आउट भए ।

    त्यसपछि भने ठूलो साझेदारी बन्न सकेन । थप २५ रन जोड्दा हेड पनि १०९ रन बनाएर पभेलियन फर्किए । स्टिभ स्मिथ १८, मिसेल मार्स ३६, मार्नस लाबुसेन १८ रनमा पभेलियन फर्किए, जतिबेला अष्ट्रेलियाको स्कोर २७४/५ थियो ।

    तर जोस इंग्लिसले छैटौं विकेटका लागि ग्लेन म्याक्सवेलसँग ५१ र सातौं विकेटका लागि पेट कुमिन्ससँग ६२ रनको साझेदारी गर्दै ३८८ को स्कोर बनाए । म्याक्सवेल ४१, इंग्लिस ३८ र कुमिन्स ३७ रनमा आउट भए ।

    न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए भने मिसेल सेन्टनरले २ विकेट हात पारे । सुरुको दुई खेल गुमाएको अष्ट्रेलिया लगातार चार जितसँगै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

    समान ८ अंक जोडेको न्यूजिल्याण्ड रन रेटमा अगाडि भएका कारण तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको भारतको समान १०/१० अंक छ । तर भारतले एक खेल कम खेलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार