Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

    दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1K
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ ।

    घरेलु टोली दक्षिण अफ्रिकाले जितका लागि दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले ४० ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अलआउट भयो । जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।



    दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार