Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

    अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया भारतसँग पराजित भएको छ । भारतको डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा गएराति २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

    २०९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक जीत हात पारेको हो ।



    भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए । इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए।



    अस्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २०८ रन बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार