Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रूखबाट लडेर गम्भीर घाइत भएका शिक्षकको हेलिकप्टरबाट उद्धार

बागलुङ । रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ ।

घर नजिकैको रूखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर घाइते भएका काउछालाई भीमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077