Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गते सुरु हुने छ। केन्द्रीय महाधिवेशन मंसिर २४ गतेसुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ। त्यस्तै मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिने छ। उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ।

यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ। मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077