Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ।

भाइरसको संक्रमण पुष्टि भएपछि उनी सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन्।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि एपीएफ अस्पताल भर्ना गरिएको थियो।

त्यसको भोलिपल्ट जबराको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077