Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी

उदयपुर । नेपाली कांग्रेस उदयपुर जिल्ला सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् ।

मतपरीणम अनुसार कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी कार्की संस्थापन पक्षका हुन् ।

कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पौडेल–कोइराला खेमाका बिदुर बस्नेत ५ सय ८९ मत पाएर पराजित भए ।

जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेको छ।

उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077